काठमाडौं । गाईको दूधबाट बनाइएका विभिन्न परिकारका प्रसाद भोग लगाउने तथा दान गरेर माता चन्द्रघण्टाको पूजा गरेमा आज माताको आशीर्वाद सधैंभरि रहन्छ भन्ने विश्वास अनुसार पुजा गरिदै छ । आश्विन शुक्ल तृतीयाका दिन दुर्गा भवानीका नौ रूपमध्ये चन्द्रघण्टाको पूजा आराधना गरिदैछ ।
चन्द्र र घण्टा शब्द मिलेर चन्द्रघण्टा शब्द बनेको शारदीय मान्यता छ । शिरमा अर्धचन्द्र आकारको घण्टा धारण गरेकी हुनाले यी देवीको नाम चन्द्रघण्टा रहन गएको भन्ने धारणा छ । चन्द्रघण्टा सुनौलो र चम्किलो वर्णकी, दश हात भएकी, सेता पुष्पको माला पहिरेकी, हातमा खड्ग, गदा, त्रिशूल, धनुर्बाण आदि शस्त्रअस्त्र लिएकी, सिंहमा सवार हुने देवी हुन् ।
यिनको हाउभाउ क्रुद्ध र युद्धका लागि तम्तयार भएको जस्तो देखिन्छ । घण्टा देवीको प्रिय वाद्य यन्त्र हो । त्यसैले देवीको पूजामा घण्टाको विशेष महत्त्व छ । घण्टाबाट मधुर र मन एकाग्र गर्ने ध्वनि निस्कन्छ । त्यसैले चन्द्रघण्टालाई स्वरकी स्वामिनी पनि मानिएको छ ।
यिनले सेवकका लागि घण्टाको मधुर ध्वनि प्रदान गर्छिन् भने आसुरी स्वभावका दुष्टहरूका लागि प्रचण्ड ध्वनि प्रदान गर्छिन् । युद्धमा यिनको उग्र अट्टहास र हृदयभेदी शङ्ख–घण्टाको ध्वनिले दैत्य–दानवहरू मूच्र्छित भएका प्रसङ्ग पुराणहरूमा वर्णित छ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...