भक्तपुर । पार्टी नेतृत्वका कमी कम्जाेरीलाई लिएर अहिले विभिन्न टीका टिप्पणी भइरहेकाे उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले बताएका छन् ।
आज नेपाली कांग्रेस बागमती प्रदेशले भक्तपुरमा आयाेजना गरेकाे स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी संगठनबिचकाे अन्तरसम्बन्ध एवं वर्तमान राजनीतिक चुनाैति र भविष्य विषयक अभिमुखिकरण कार्यक्रममा बाेल्दै मन्त्री खड्काले मतभेद र विवाद अन्त्य गरेर अघि बढ्न सबैलाई सुझाए ।
नेताहरूले मात्र हाेईन हामी आ-आफ्ना कम्जाेरी सबैले सच्याएर अघि बढाैं अनि पार्टी आफै बन्छ । अहिले गणतन्त्र र संघीयामाथि प्रहार गर्न केही तत्व लागि परेकाे संकेत गर्दै सचेत भएर संघीय गणतन्त्र मजवुत गरेर लैजान सबैकाे दायित्व उत्तिकै भएकाे चर्चा गरे ।
संविधानले दिएका अधिकारहरू मजवुत बनाउन संसदवाट धमाधम विधेयक पारित हुँदै गएकाे धारणा राखे । तर नेतृत्वकै कारण चुनाैति जटिल बन्दै गएकाे भनेर जनताले प्रश्न साेध्न थालेकाे जिकिर गरे ।
कहाँ कम्जाेरी छ सबैले सच्याउनु पर्ने भन्दै जनआन्दाेलन र जनयुद्वमा भएका घटनाका केही विषय सत्यनिरूपण मार्फत निरूपन गर्ने धारणा राखे ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...