काठमाडौं । उपत्यकाको सुरक्षा निगरान अब तालिम प्राप्त कुकुर र ड्रोनबाट गरिने उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरी जनशक्तिसहित तालिमप्राप्त कुकुर र ड्रोन प्रयोग गरेर काठमाडौं, भक्तपुर र ललितपुरको सुरक्षा निगरानी गरिने भएको हो ।
सर्वसाधारणलाई १० बुँदे अपिल जारी गर्दै प्रहरीले सचेत रहन अनुरोध गरेको छ । चाडवाडका बेला सुरक्षा सतर्कता अपनाई आफू, आफ्नो परिवार, छिमेक, समाज र उपत्यकालाई सुरक्षित उपत्यका बनाउने अभियानमा हातेमालो गर्न आग्रह गरेको छ ।
सचेतना र चनाखो हुनका लागि अपिल जारी गरिएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताए । प्रहरीले बाटोमा हिँड्दा वा अन्य ठाउँमा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान अनुरोध गरेको छ ।
नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइ फोनसहित भीडभाडमा सकेसम्म नजान, घर तथा पसल बाहिर जानुपरेमा घरको झ्यालढोका राम्रोसँग बन्द गरेर सकेसम्म साइरन जडित ताल्चा जडान गर्न, लामो समय घर, पसल छोडी बाहिर जानुपरेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खबर गर्न भनिएको छ ।
ल्ंगुरबुर्जा, तास, जुवालगायतका हारजित हुने खेल खेल्दा उठिबास हुनसक्नेतर्फ सचेत बन्न, मादक पदार्थ सेवन, लागूपदार्थ सेवन गरी सवारी नचलाउन, ट्राफिक नियमको पालना गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...