काठमाडौं । तीन तहका विभिन्न २४ स्थानमा निर्वाचित जनप्रतिनिधिहरुको पद रिक्त छ । रिक्त निर्वाचन क्षेत्रमा आयोगले उपनिर्वाचन गर्ने तयारी थालेको छ ।
आयोगको सिफारिसमा सरकारले मिति घोषणा गरेपछि सबैै रिक्त स्थानमा उपनिर्वाचन हुनेछ । ०७९ वैशाखमा स्थानीय तह, मंसिरमा प्रदेश सभा र संघीय संसद्को निर्वाचन भएको थियो ।
रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह सोमबार पदमुक्त भएसँगै देशभर २४ स्थानमा जनप्रतिनिधिको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य एक, प्रदेश सभा सदस्य एक, जिसस प्रमुख दुई, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष एक, उपाध्यक्ष एक, वडाध्यक्षको १७ पद रिक्त भएको आयाेगकाे तथ्छयाङ्क छ ।
संघीय संसद्तर्फ प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको हृदयाघातबाट निधन भएपछि क्षेत्र नम्बर २ ईलाम रिक्त भएको छ ।
सवारी दुर्घटनामा परी प्रदेश सभा सदस्य एवं सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएसँगै बझाङ १ (१) रिक्त छ ।
जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदमबहादुर कलेल मिर्गौला फेल भएर निधन भएपछि पद रिक्त छ । ओखलढुंगाका जिसस प्रमुख डिल्लीराम खनाल उपचारका क्रममा निधन भएपछि पद रिक्त छ ।
दैलेख महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको उच्च रक्तचापका कारण निधन भएपछि पद पनि रिक्त छ । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातबाट निधन भएपछि पद रिक्त छ ।
सुनसरीको गढी गाउँपालिका– ६, उदयपुर त्रियुगा नगरपालिका– १२, रौतहट इशनाथ नगरपालिका– ७, राजपुर नगरपालिका– ६, काठमाडौं कीर्तिपुर नगरपालिका– ४, नुवाकोट ककनी गाउँपालिका– २, मकवानपुर हेटौँडा उपमहानगरपालिका– १२, गोरखाको गोरखा नगरपालिका– ५, गुल्मी मुसीकोट गाउँपालिका– १, रोल्पा रुन्टीगढी गाउँपालिका– ४, बर्दिया ठाकुरबाबा नगरपालिका– ४, कालिकोट तिलागुफा नगरपालिका– ४, जाजरकोट कुशे गाउँपालिका– ७, दार्चुला दुहुँ गाउँपालिका– ५, बझाङ सुर्मा गाउँपालिका– ४, डोटी पूर्वीचौकी गाउँपालिका– ६ र काठमाडौं महानगरपालिका– १६ मा वडाध्यक्ष पद रिक्त छ ।
रिक्त पदपूर्तिका लागि आयोगले उपनिर्वाचनको तयारी थालेको छ । रिक्त रहेका स्थानको जानकारी सरकारलाई गराइसकिएको प्रवक्ता पौडेलले बताए ।
पदावधि सकिनुभन्दा ३५ दिनअगावै निर्वाचन सम्पन्न गर्नुपर्ने राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनमा व्यवस्था छ । माघभित्रै निर्वाचन गर्ने गरी तिहारपछि मिति घोषणा हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...