इजरायलबाट १८ नेपाली दिल्ली आइपुगे – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

इजरायलबाट १८ नेपाली दिल्ली आइपुगे

काठमाडौं । हमास युद्धका कारण इजरायलमा अलपत्र परेका थप १८ नेपाली भारतको दिल्ली आइपुगेका छन् । भारतीय सरकारको सहयोगमा उनीहरु आज बिहान दिल्ली आइपुगेको भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले बताए ।

इजरायल–हमास युद्धका कारण समस्यामा परेका आफ्ना नागरिक ल्याउने क्रममा भारतले आज १८ नेपालीलाई ल्याइदिएको हो । राजदूत डा. शर्माले समस्यामा परेका नेपालीलाई उद्धार गरि ल्याइदिएकोमा भारत सरकारलाई धन्यवाद दिए ।

नेपालीहरूलाई दिल्ली विमानस्थलमा स्वागत गर्दै अब नेपाल जानका लागि यातायातको व्यवस्था गरिएको बताए । यसअघि नेपाल सरकारले विमान चार्टर्ड गरी २ सय ५४ जना नेपाली इजरायलबाट उद्धार गरेको थियो ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक १, ०९: ४९

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० कार्तिक १, ०९: ४९

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० कार्तिक १, ०९: ४९

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...