रुकुम । सानीभेरी गाउँपालिका –९ सिम्ली बस्ने लोकबहादुर बिकलाई मुसीकोट नगरपालिका –७ साँखकी २८ वर्षिया भावना बिकको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर हत्या आरोपी लोकबहादुरलाई सार्वजनिक गरेको हो ।
सदरमुकाम खलङगास्थित होटेल सत्कारको कोठा नम्वर १ मा भावना मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । घाँटि रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको डिएसपी नमराज भट्टराईले बताए ।
मुसीकोट नगरपालिका –१ छिङस्थित माईती घरमा बस्दै आएकी मृतक बिक र हत्या ओरापी लोकबहादुर बिच अनैतिक सम्बन्ध रहेको, आर्थिक लेनदेनको बिषयमा विवाद भएको र त्यसपछि हत्या गरिएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
घटनास्थलबाट रगत लागेको धारिलो चक्कु, मोबाईल, चक्कुको खोल र प्रतिवादीको घरकोठाबाट नगद ८५ हजार ८ सय ३५ रुपियाँ बरामद गरेको छ । बहुबिवाह मुद्धामा कैद भुक्तान गरिरहेका लोक बहादुर असोज ३ गते संविधान दिवसका दिन कैद मिनाहा पाएर कैदमुक्त भएका थिए ।
पक्राउ परेका बिक बिरुद्ध जिल्ला अदालत रुकुम पश्चिमबाट जरुरी पक्राउ स्विकृति लिई हिरासतमा राखेर अनुसन्धान थालेको प्रहरीले बताएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...