बागमती प्रदेश: दसैँभत्ता मै १ करोड झ्वाम – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

बागमती प्रदेश: दसैँभत्ता मै १ करोड झ्वाम

हेटौडा । बागमती प्रदेशका मन्त्री, सांसद र स्वकीय सचिवहरुले दसैंभत्ताका नाममा झण्डै १ करोड (९८ लाख रुपैयाँबढी) रकम झ्वाम पारेका छन् । प्रदेश सरकारका ६ मन्त्री, सभामुख र उपसभमुख, ९६ जना सांसदसहित स्वकीयको दसैँभत्ताका लागि ९८ लाखबढी रकम खर्च भएको छ ।

प्रदेशसभा सचिवालय हेटौंडाले सभामुख, उपसभामुखसहित ९६ सांसद र तिनका स्वकीयहरुलाई दसैँभत्ता उपलब्ध गराएको छ । मन्त्रीहरुलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेटौंडाले वितरण गरेको हो । सभामुख, उपसभामुखसहित सांसद र स्वकीयलाई ८५ लाख ११ हजार ५५० रुपैयाँ भत्ता वितरण गरिएको सचिवालयले जनाएको छ ।

मन्त्रीका स्वकीयहरुका लागि १३ लाख ७१ हजार ९ सय ४१ रुपैयाँ दसैँभत्ता उपलब्ध गराएको मन्त्रिपरिषद कार्यालय हेटौंडाले जनाएको छ । प्रदेश सरकारको ढुकुटीबाट ९८ लाख ८३ हजार ४ सय ९१ रुपैयाँ खर्च भएको छ ।

९६ जना सांसदलाई ४९ लाख ५९ हजार रुपैयाँ र स्वकीय सचिवहरूलाई ३२ लाख ९९ हजार ३ सय ५० रुपैयाँ, सभामुख, उपसभामुख र प्रतिपक्षी दलका नेतालाई १ लाख ७७ हजार रुपैयाँ र तिनका स्वकीयहरूलाई १ लाख १२ हजार २ सय २८ रुपैयाँ दसैँभत्ता दिइएको हो ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकलाई ६१ हजार ४ सय ५० रुपैयाँ, उपसभामुख अप्सरा चापागाईंलाई ५८ हजार रुपैयाँ र प्रतिपक्षी दलका नेतालाई पनि ५८ हजार रुपैयाँ दसैँ भत्ता दिइएको बागमती प्रदेशसभा सचिवालयका लेखाअधिकृत बालकृष्ण अधिकारीले बताए ।

स्वकीय सचिवहरुलाई कुल १ लाख १२ हजार २ सय २८ रुपैयाँ भत्ता वितरण गरिएको छ । दसैँभत्ता वापत सत्तारुढ दलका मुख्य सचेतकलाई ५६ हजार ८ सय ४० रुपैयाँ र विपक्षी दलका प्रमुख सचेतकलाई ५४ हजार ५ सय २० रुपैयाँ उपलब्ध गराएको हो ।

९३ जना प्रदेशसभा सदस्यले जनही ५२ हजार दुई सय रुपैयाँका दरले ४८ लाख ५४ हजार ६०० रुपैयाँ दसैँभत्ता बैंक दाखिला गरिएको छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक ३, ०७: १२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० कार्तिक ३, ०७: १२

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० कार्तिक ३, ०७: १२

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...