दाङ । सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराती भएको सवारी दुर्घटनामा परी राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवा निवासी अन्दाजी ३० वर्षीय शन्तराम चौधरीको मृत्यु भएको हो ।
लमही–भालुबाङ्ग सडक खण्ड अन्तर्गत राप्ती गाउँपालिका–५ लठ्ठहवा सिङ्गेखोला पुल नजिकै काठमाण्डौं देखि सुर्खेत जाँदै गरेको बा ९ च ७१९८ नम्बरको स्कारपियोले लमही देखि लठ्ठहवा घर तर्फ आउँदै गरेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा चौधरी गम्भीर घाइते भएका थिए ।
घाइते चौधरीको सिसहनियाँ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिसहनियाँले जनाएको छ । ठक्कर दिने स्कारपियो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...