जाजरकोट । सार्वजनिक यातायातका सवारी साधनको नयाँ भाडादर कायम गरिएको छ ।
चर्को भाडा लिएको गुनासो आईरहेका बेला जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्लाका ७ वटै पालिकाका प्रमुख/उपप्रमुख यातायात व्यवस्था सेवा कार्यालय चौरजहारी, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च, तथा यातायात व्यवसायीका संघ संगठनहरुको संयुक्त बैठकले नयाँ भाडादर निर्धारण गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको अध्यक्षतामा बसेको बैठकले जिल्लामा सञ्चालित विभिन्न रुटका सडकलाई तीन तहमा वर्गिकृत गरी चार वर्षपछि नयाँ भाडादर समायोजन गरेको हाे ।
वैज्ञानिक भाडादरका आधारमा अधिकतम् पक्की सडकका लागि प्रतिकिलोमिटर ४ रुपैयाँ १५ पैंसादेखि ५ रुपयाँ ५० पैंसासम्म, ग्राब्रेल सडकका लागि ५ रुपैयाँ ५० पैंसादेखि ६ रुपैयाँ ५० पैंसा र कच्ची सडका लागि ६ रुपैयाँदेखि १० रुपैयाँसम्म प्रतिकिलोमिटर भाडा समायोजना गरिएको यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख आनन्द चपाईले जानकारी दिए ।
नयाँ भाडादर जाजरकोट जिल्ला भरीका विभिन्न रुटहरुमा गुड्ने सवारी साधनमा कार्तिक १५ गतेदेखि अनिर्वाय लागु हुने बताए ।
समायोजन गरिएको नयाँ भाडादर प्रत्यक सवारी साधनले अनिवार्यरुपमा टाँस गर्नुपर्नेछ । यता महँगो भाडा घटाएर नयाँ कायम गरिएपछि सर्वसाधारणले उक्त निर्णयको स्वागत गरेका छन् ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...