इजरायलमा ज्यान गुमाएका दश मध्य चार नेपाली विद्यार्थीको शव काठमाडौं ल्याईदै – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

इजरायलमा ज्यान गुमाएका दश मध्य चार नेपाली विद्यार्थीको शव काठमाडौं ल्याईदै

काठमाडौं । इजरायलमा ज्यान गुमाएका दस मध्य चार नेपाली विद्यार्थीको शव आइतबार काठमाडौं ल्याईने भएको छ ।

ज्यान गुमाउने मध्ये नारायण प्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेश राज विष्ट र आशिष चौधरीको शव ल्याउन लागिएको हो ।

हमासको आक्रमणमा परेर ज्यान गुमाएका मध्ये ५ जनाको शव इजरायली सरकारले असोज २८ गते नेपाललाई हस्तान्तरण गरेको थियो ।

नारायण प्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेश कुमार नेपाली, दिपेश राज विष्ट र आशिष चौधरीको शव प्राप्त भएको राजदूतावासले जनाएको छ ।

पहिचान भएका चार विद्यार्थीको शव शनिबार पठाउने शवहरु आइतबार बिहान नेपाल आइपुग्ने नेपाली दूतावासले जानकारी दिएको छ ।

निधन भएका नेपाली विद्यार्थी मध्ये सम्पूर्ण कानूनी प्रक्रिया पूरा भएका ४ विद्यार्थीको शव भोलि दिउँसोको १ः२५ बजे फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको र शव कार्तिक ५ गते,

आइतबार विहान काठमाडौँ पुग्ने दूतावासले जानकारी दिएको छ । अन्य शव पहिचानको क्रममा रहेको दूतावासले स्पष्ट पारेको छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक ३, २२: ३१

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० कार्तिक ३, २२: ३१

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० कार्तिक ३, २२: ३१

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...