कञ्चनपुर । महेन्द्रनगरमा जारी बिच भलिबल प्रतियोगिताको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ ।
भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीको बगरमा भएको फाइनल खेलमा लिटिलबुद्ध एकेडेमीको टिमलाई सोझो सेटले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।
आर्मीको टिम रु एक लाख नगद, ट्रफी र मेडल प्राप्त गरेको छ । उपबिजेता लिटिलबुद्धको टिमले रु ५० हजार नगद, ट्रफी र मेडलबाट पुरस्कृत भएको छ ।
प्रतियोगिताको उपाधि विजेता टिमलाई सुदूरपश्चिम पृतनापति उपरथी विजय थापाले पुरस्कृत गरे । खुल्लातर्फ शिवशक्ति खाद्य उद्योग झलारीको टिम तृतीय स्थान हासिल गर्दै रु २५ हजार नगदसहित पुरस्कृत भएको छ ।
पुरुष भेट्रानतर्फको उपाधि बेलौरी नगरपालिकाको टिमले उपाधि जितेको छ । फाइनल खेलमा सशस्त्र प्रहरी बलको टिमलाई पराजित गर्दै बेलौरी नगरपालिकाको टिमले उपाधि जित्दै रु २५ हजार नगद, ट्रफी र मेडल प्राप्त गरेको छ ।
उपविजेता सशस्त्र प्रहरी बलको टिमले रु १५ हजार नगदबाट पुरस्कृत भएको छ । भेट्रानतर्फ कैलालीको फूलबारी टिम तृतीय हुँदै रु दश हजार नगदबाट पुरस्कृत भएको छ ।
प्रतियोगिता सञ्चालनका लागि भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र दोधारा चादँनी नगरपालिकाले पुरस्कार राशि प्रायोजन गरेका थिए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...