भोजपुर । ७ वर्षीय बालिका गुफा भित्र मृत फेला परेकी छन् ।
आमचोक गाउँपालिका–६, थुन्कीका देवचन्द्र राईकी छोरी आकृतिको शव गुफा भित्र फेला परेको हो ।
घरदेखि पर साढे एक किलोमिटर टाढा टेङलुङछुकस्थित जंगलको गुफामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
कपडा खोलिएको अवस्थामा गुफाको पानीमुनि शव फेला परेको र बलात्कारपछि हत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
प्रहरीले सोही ठाउँका दिपचन्द्र राईलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...