भुम्लु । दशैंमा घर फर्कने भुम्लुवासीका लागि नेपाली कांग्रेस भुम्लुले निःशुल्क बस संचालन गरेको छ ।
काठमाडौं उपत्यकाबाट गाउँघर जाने सबैलाइ निःशुल्क बसको प्रबन्ध मिलाइएको कांग्रेस भुम्लु गाउँपालिका सभापति जितेन्द्रमान तामाङले बताए ।
गाउँपालिका उपाध्यक्ष समेत रहेका तामाङले सबै वडावासी दर्जनौँ बस मार्फत सहज र निर्धक्क आफ्नो गाउँघर फर्किएको बताएका छन् ।
चाडपर्वमा महँगो मोटर भाडा तिर्दा समेत सार्वजनिक बसमा आवतजावत गर्न नसकिने अवस्था आएको भन्दै कांग्रेस भुम्लुले निःशुल्क र व्यवस्थित यात्राको बन्दोवस्त गरेको बताए ।
धेरै सामाजिक संघसस्था र व्यक्तिको सहकार्यमा बस संचालन गरिएको उनको भनाइ छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...