कोटेश्वरको जाम हटाउन सरकारले फ्लाइओभर र सुरुङमार्ग बनाउने – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

कोटेश्वरको जाम हटाउन सरकारले फ्लाइओभर र सुरुङमार्ग बनाउने

काठमाडौं । ट्राफिक व्यवस्थापनमा ठूलो टाउकोदुखाइ बनिरहेको कोटेश्वरको जाम हटाउन सरकारले फ्लाइओभर र सुरुङमार्ग बनाउने भएको छ ।

सरकारले करिब २५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । आर्थिक वर्ष २०७४ /०७५ को नीति तथा कार्यक्रममा यो परियोजना बनाउने घोषणा गरे पनि प्राविधिक टुंगो लागेको थिएन ।

जाइकाले अध्ययन सकेपछि अब यो परियोजना अघि बढ्ने अवस्थामा पुगेको हाे ।

सरकारले जडीबुटी, कोटेश्वर, तीनकुने खण्डमा फ्लाइओभर सुरुङमार्ग सहितको संरचना बनाउने गरी ऋण सम्झौता गर्ने गृहकार्य गरिरहेको सडक विभाग विकास सहायता महाशाखाका प्रमुख तथा उपमहानिर्देशक डा. विजयकुमार जैसीले बताए ।

कोटेश्वरमा बिहान-बेलुकी पिक आवरमा यातायात साधनहरू जाम भएर २ देखि ३ घन्टासम्म रोकिनुपर्ने अवस्था छ । यो समस्या हल गर्ने उपाय सुझाउन सरकारले जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई जिम्मा दिएको थियो ।

सरकारले जाइकाले कोटेश्वरमा दिएको तीन प्राविधिक विकल्पमध्ये एउटा रोजेको उपमहानिर्देशक जैसीले बताए । विभागले तीनकुने चोक र जडीबुटीमा फ्लाइओभर बनाउने कोटेश्वर चोक सहित बीचको खण्डमा अन्डरपास बनाउने विकल्प रोजेको हो ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक ४, २२: १३

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० कार्तिक ४, २२: १३

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० कार्तिक ४, २२: १३

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...