काठमाडौं । दसैँको रौनक आएपनि कर्णाली प्रदेशका धेरै नागरिक पर्याप्त हवाई उडान नहुँदा नेपालगञ्ज विमानस्थलमै अलपत्र परेका छन् ।
जहाज कहिले उड्छ भन्ने यकिन छैन । टिकट नपाएर सर्वसाधारण अलपत्र परेका छन् । टिकट नपाएपछि उनीहरू राँजाका होटेलहरूमा बस्न बाध्य भएका छन् ।
स्थलमार्ग सुरक्षित नहुँदा दुर्गम पहाडी जिल्लाका यात्रु हवाई मार्गबाट यात्रा गर्दछन् । हवाई नियमित नहुनु, सहजै टिकट नपाउनुलगायत कारणले यात्रु समस्यामा पर्दै आएका छन् ।
सडक सञ्जालको पहुँच नभएका कर्णाली प्रदेशको डोल्पा र हुम्लाका साथै जुम्ला, मुगु तथा सुदूरपश्चिम प्रदेशको बाजुराका बासिन्दा टिकट नपाउँदा सास्ती झेल्नुपरेको गुनासाेे गरेका छन् ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...