काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेकाे छ । लामो लाइन बसेर दर्शनार्थीहरु मन्दिरको दर्शनमा जुटेेका छन् ।
महानवमीका दिन मात्र सर्वसाधरणका लागि यो मन्दिर खुला गरिने भएका कारण यहाँ महानवमीका दनि घुइँचो लाग्ने गरेको हो । देशकै इष्टदेवीका रुपमा रहेकाे तलेजु भवानीको दर्शनका लागि हजाराैं दर्शनार्थी हनुमानढोका पुगेका छन् ।
तलेजुमा ३६५ दिन नै नित्य पूजा हुने गरे पनि सर्वसाधरण्का लागि भने एक दनि मात्रै खुला हुने भएका कारण उपत्यकाका काठमाडौं, भत्तपुर, ललितपुर र किर्तीपुर लगायत आसपासका सर्वसाधरण दर्शन गर्न आउने गरेका छन् ।
पूजाको लागि मात्रै बिहान ८ जना पूजारी खटिएका छन् । कला तथा संस्कृतिमा आशक्त मल्ल राजाको अनुपम नमूनाका रुपमा रहेको तलेजु मन्दिरमा अरू ३६४ दिनमा दैनिक नित्य पूजा हुन्छ ।
यहाँ कर्माचार्य, जोशी तथा राजोपाध्याय पुजारी रहने चलन छ । तलेजुमा एउटा पर्वको पूजाका लागि कम्तीमा नेवार समुदायबाट १६ जातका मानिसहरु सहभागी हुने पूजारीहरु बताउँछन् ।
तलेजु भवानीलाई फूलपातीको दिन हनुमानढोका दरबारको मूलचोकमा सारीने प्रचलन छ । तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमीको राति कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित पूजा आराधना गरिने चलन छ ।
विजयादशमीसम्म तलेजु भवानीलाई त्यहीँ राखेर पूजा आराधना गरिन्छ । विजयादशमीका दिन बिहान शुभ साइतमा भवानीलाई मूल मन्दिर फर्काइने चलन रहेको छ ।
मल्ल राजाहरूको इष्टदेवीका रुपमा रहेको तलेजु भवानीलाई कर्नाटवंशी राजा हरिहरसिंह देवले उपत्यकामा ल्याएको इतिहासमा उल्लेख छ।
भारतीय मुसलमान शासकले हरिहरसिंहको राज्य सिम्रौनगढमा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी देवीसहित पनौती हुँदै भक्तपुर आएका थिए ।
तत्कालीन भक्तपुरका राजाले तलेजुलाई भक्तपुरमै स्थानपना गरिनुपर्ने भन्दै अडान लिएका थिए । तर, काठमाडौंका मल्ल राजाहरुले त्यो कुरा मानेनन् । यसै विषयलाई लिएर काठमाडौं र भक्तपुरबीच युद्ध समेत भएको थियो ।
यसबाट नै तलेजु भवानीको शक्तिका बारेमा थाहा पाउन । आफै उत्पत्ती भएकी देवी तलेजुलाई स्थापना गर्न मल्ल राजाहरुबीच युद्ध नै भयो ।
पछि उनलाई हनुमानढोकाको मूल चोकमा विधिवत् रुपमा ल्याएर स्थापना गरिएको तलेजुका पुजारीको भनाइ छ । हनुमानढोकाका साथै काठमाडौं उपत्यका र नेवार बाहुल्य क्षेत्रमा इष्ट देवी तलेजु विराजमान रहेको बताइन्छ ।
कीर्तिपुर, फर्पिङ, साँखु, ठिमी, चापागाउँ, नुवाकोट, दोलखा, बनेपा, पनौतीलगायत ठाउँमा पनि तलेजु भवानीको पूजा आराधना गरिन्छ ।
अहिलेको तलेजु भवानीको मन्दिर ४० वर्ष लगाएर बनाइएको हाे । पहिला ६ वर्ष लगाएर निर्माण भएको मूल चोकमा तलेजुलाई विराजमान गराएर पछि मन्दिरमा प्रतिस्थापना गरिएको थियो ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...