पेट्रोल अन्वेषणका लागि दैलेखमा ४५ किलोमिटर ड्रिलिङ सुरु – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

पेट्रोल अन्वेषणका लागि दैलेखमा ४५ किलोमिटर ड्रिलिङ सुरु

दैलेख । पेट्रोलियम उत्खननको अन्तिम अन्वेषणको कार्य सुरु हुने भएको छ । अन्तिम ड्रिलिङका लागि आवश्यक पर्ने ४५ रोपनी जग्गाको विवाद मिलेपछि अन्वेषणको काम सुरु भएको हो ।

दैलेखको भैरवी गाउँपालिका १ खोली बजारका स्थानीय जग्गा दिन तयार भएसँगै अन्वेषणको काम थालिएको हो । देशकै आर्थिक अवस्था सुधार हुने आशाले काम अघि बढाईएकाे हाे ।

कात्तिक ३ गते जिल्ला प्रशासन कार्यालय दैलेखमा जग्गाधनी, स्थानीय पालिका र जिल्ला प्रशासन कार्यालयबीच सहमति भएपछि अन्य प्राविधिक कामहरू तत्कालै सुरु गरिएको छ ।

विवाद समाधानका लागि जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, स्थानीय पालिका र जिल्ला प्रशासन कार्यालयबीच छलफलपश्चात् स्थानीयहरूले जग्गा दिन तयार भएको र लगत्तै अन्वेषणको काम सुरु भएकाे जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।

घर र जग्गाको मुआब्जा, स्थानीयलाई रोजगारीको पहिलो प्राथमिकता, वासस्थानको व्यवस्थापन, नष्ट हुने बालीनालीको क्षतिपूर्तिलगायतका मागहरू पूरा गरिदिनुपर्ने स्थानीयको माग रहेको छ ।

पेट्रोलियम पदार्थ भेटिएमा दैलेखको मात्र नभई देशको अवस्था सुधार हुन्छ भनेपछि सरकारले भनेअनुसार जग्गा सरकारको नाममा हस्तान्तरण गर्न तयार भएको र स्थानीयले राखेका मागहरू सरकारले पूरा गरिदिने भएकाे छ ।

कर्णालीकाे भविष्य बदल्ने र देशको आर्थिक अवस्था सुधार हुने अन्वेषणको काम सम्पन्न गर्न जनप्रतिनिधिहरूले जनतासँग सहकार्य गरेको छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक ६, ०८: ३०

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० कार्तिक ६, ०८: ३०

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० कार्तिक ६, ०८: ३०

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...