दमौली । जिल्ला कारागार तनहुँमा रहेका कैदीबन्दीहरूले दसैँमा रु पाँच लाख बराबरको मूढा उत्पादन गरी बिक्रीका गरेका छन् ।
केही दिनदेखि कैदीबन्दी मूढा बुन्ने काममा व्यस्त छन् । बाँसबाट मुढा बुन्न कैदीबन्दीलाई भ्याई नभ्याई भएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले बताए ।
कैदीबन्दी यतिबेला मुढा बनाउने, टायल राख्ने, बिट मार्नेलगायतका कार्यमा व्यस्त छन् ।
कारागारमा बुनिएको मुढा रु तीन सय ५० देखि रु एक हजारसम्ममा बिक्री हुने गरेको कारागारका चौकीदार रामकुमार बस्यालले बताए ।
दसैँंमा मात्र पाँच लाख बराबरको मूढा बिक्री गरिएको बस्यालले बताए ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...