मकवानपुर । भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री दुर्घटनामा परी घाइते भएका छन् ।
इन्द्रसरोवर गाउँपालिका-५ मकैबारीस्थित कुलेखानी काठमाडौ जाने भित्री सडकखण्डमा बिहान ३ः३० बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेकाे मधेस प्र०३-००१ ज ०२८३ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताइन् ।
सुमो सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको र सुमो चालक बारा जिल्लाको कलैया नगरपालिका-२१ बस्ने वर्ष २५ को अनिलकुमार शाह प्रहरीको नियन्त्रणमा रहेको बताइन् ।
सुमोमा सवार सबै भारतीय तीर्थयात्रु घाइते भएकाे र उनीहरूको उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिइन् ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...