काठमाडौं । ड्राइभिङ लाइसेन्सको छपाइ सुरु नभएपनि छाप्ने काम बाँकी रहदा १२ लाख लाइसेन्स थन्किएका छन ।
एउटा मात्रै मास प्रिन्ट हुँदा लाइसेन्स छपाइमा ढिलाइ हुने गरेको यातायात व्यवस्था विभागले जनाएकाे छ । विद्युतीय चिप्स सहितको कार्ड नै सकिएपछि असारदेखि छपाइ ठप्प छ ।
दैनिक रूपमा लाइसेन्स कार्यालयहरूले परीक्षा लिएर सवारी चालक अनुमतिपत्रको छपाइका लागि प्रक्रिया पूरा गरिरहँदा सरकार भने सीमित संख्याको कार्डको उपलब्धताका कारण वैदेशिक रोजगारी र अध्ययनमा जानेहरूलाई मात्रै कार्ड दिइरहेको छ ।
जर्मनीको म्युहलबाअर कम्पनीले १२ लाख कार्ड आपूर्ति गर्ने गरी ३ महिनाअघि नै सम्झौता भएको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरु बताउँछन् । तर उपलब्धता हुन नसकेकाेमा विभाग पनि दिक्क छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...