दमौली । तनहुँ कारागारका कैदीबन्दी खुसी भएका छन् । विजयादशमीको अवसरमा आफन्तको हातबाट टीका लगाउन पाएपछि खुसी भएका हुन् ।
विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीलाई कारागार प्रशासनले टीका लगाउन पाउने व्यवस्था मिलाएको थियो ।
कैदीबन्दीको निधार खाली नहोस् भन्ने उद्देश्यसहित टीका लगाउने व्यवस्था मिलाइएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले बताए ।
४० जना कैदीबन्दीलाई आफन्तले टीका लगाइदिएका थिए ।
एक जनाका कैदीबन्दीका तर्फबाट दश जनासम्म आफन्त आएका थिए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...