तनहुँ । म्याग्दे गाउँपालिका १ स्थित वाराही सामुदायिक वनमा पार्क निर्माण गरिएको छ ।
डिभिजन वन कार्यालयको सहयोग र सामुदायिक वनको व्यवस्थापनमा टाइगर हिल पार्क निर्माण गरिएको हो ।
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पार्क निर्माण गरिएको वनका अध्यक्ष मुक्तिनाथ खनालले बताए ।
उक्त पार्कमा बाघको मूर्ति पनि निर्माण गरिएको छ । राजमार्गबाट उत्तरतर्फ रहेको सो पार्कमा गाउँपालिकाको पनि सहयोगमा सिँढी निर्माण गरिएको छ ।
रक क्लाइम्विङ, इको पदयात्रा, रक गार्डेनिङ, भ्युटावर, वर्ड वाचिङ हाइकिङसमेतको व्यवस्था गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ ।
नयाँ नयाँ पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित यो पार्क निर्माण गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत काशीराज पण्डितले बताए ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...