स्कुटर दुर्घटनामा परि एकजनाको मृत्यु – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

स्कुटर दुर्घटनामा परि एकजनाको मृत्यु

मकवानपुर । भिमफेदीमा स्कुटर दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २७ महाबौद्धकी ६२ बर्षीय राज्य लक्ष्मी थापाको मृत्यु भएको हो ।

दुर्घटनामा स्कुटर चालक ६५ बर्षीय शसिराज पाण्डे घाइते भएका छन् ।

भिमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी गाउँपालिकको वडा नम्बर ६ जुरीखेतमा काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२७ प ४८४२ नम्बरको

स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटरमा सवार थापा र स्कुटर चालक पाण्डे घाइते भएका हुन ।

थापाको उपचारको क्रममा हेटौँडामा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारले बताए ।

स्कुटर सडकबाट झण्डै एकसय मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएका स्कुटर चालक पाण्डेको भने हेटौँडा अस्पतालमै उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० कार्तिक ९, ०८: १३

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० कार्तिक ९, ०८: १३

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० कार्तिक ९, ०८: १३

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...