भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य होः आचार्य बालकृष्ण – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य होः आचार्य बालकृष्ण

लुम्बिनी । नेपाल भारतीय पर्यटकको एउटा सहज गन्तव्य भएको प्रशिद्ध पतञ्जली योगपीठका अध्यक्ष आचार्य बालकृष्णले बताएका छन् । पाल्पाको बसन्तपुरस्थित कामाख्यादेवी मन्दिरको दर्शन गर्न पुगेका उनले कुनैपनि पर्यटकीय स्थानमा भारतीय नागरिकलाई सहज पहुँच भएको बताए ।

दुई देशको धार्मिक, सांस्कृतिक समानताका कारण पनि नेपालका धार्मिक गन्तव्यहरुप्रति भारतीयको आस्था र आकर्षण बढेको बताए । आज बिहान बसन्तपुर पुगेका उनले कामाख्या भगवतीको पूजाअर्चना गरे ।

पूजाआजापछि नेपाल र भारतका पत्रकारसँगको कुरा गर्दै उनले प्राकृतिक सुन्दरता, आवत–जावतको सहजता, भाषिक, धार्मिक, सांस्कृतिक समानताले भारतीय पर्यटकका लागि नेपाल सहज र उत्कृष्ट गन्तव्य रहेको जिकिर गरे ।

नेपाल गौतमबुद्ध, पशुपतिनाथ, मुक्तिनाथ, जानकी, वाल्मिकी ऋषिलगायतको पावन भूमिरहेको भन्दै नेपालमा धार्मिक, सांस्कृतिक तथा मनोरम प्रकृतिका क्षेत्रमा अद्वितीय पर्यटनको सम्भावनालाई केन्द्रमा राखेर पर्यटकलाई यहाँ ल्याउने गरी सरकारले कार्यक्रम बनाउनुपर्ने सुझाव दिए ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक ९, १७: ४०

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० कार्तिक ९, १७: ४०

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० कार्तिक ९, १७: ४०

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...