काठमाडौं । कम्बोडियाको टेलिकममा एमाले अध्यक्ष केपी ओलीको लगानी रहेको आरोप लागेपछि एमाले आक्रोशित भएको छ ।
कम्बोडिया चुनाव पर्यवेक्षणदेखि त्यहाँका शासक हुन सेनसँग विशेष सम्बन्ध स्थापित गरेका ओलीमाथि आरोप लागेपछि एमाले आक्रोशित हुन स्वभाविक हो ।
केही समय पहिले अध्यक्ष केपी ओली कम्बोडियामा निर्वाचनमा पर्यवेक्षकका रुपमा गएका थिए ।
त्यसबेला ओलीले पर्यवेक्षण गरेको कम्बोडियाको निर्वाचनमा हुन सेनको पार्टीले चर्को बहुमत प्राप्त गरेको थियो ।
नेपालमा दुई–दुई पटक गैरसंवैधानिक संसद विघटन गरेका ओलीलाई कतिपयले हुन सेनसँग तुलना नगरेका पनि होइनन तर, कम्बोडिया गइरहने ओलीमाथि त्यहाँको टेलिकममा लगानी रहेको भन्दै विवादित अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेपछि भने यसबारे एमाले नेताहरुले आक्रोश व्यक्त गर्न थालेका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँले ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको दाबी गरेपछि यो विषय अहिले चर्चामा छ । भारतीय सञ्चार माध्यमले पनि ओलीमाथि यस्तो आरोप लगाएको छन् ।
चिनियाँ राजदूत होउ यान्छीसँग ओलीलाई जोडेर आपत्तिजनक शब्द र भाषामा भारतीय सञ्चार माध्यमले समाचार रिपोर्ट नै बनाएका थिए । त्यही बेला नै ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको आरोप थियो ।
विषय विवादीत बन्न थालेपछि एमाले महासचिव शंकर पोखरेलले कडा शब्दमा आपत्ति जनाएका छन् । ओलीको लगानी रहेको छ या छैन भन्ने तथ्य सार्वजनिक गर्न आवाज उठिरहेको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...