काठमाडौं । नेपाली कांग्रेसले शनिबार चियापान गर्ने भएको छ ।
दसैं, तिहार तथा छठ पर्वको अवसरमा कांग्रेस पार्टी कार्यालय सानेपामा चियापान आयोजना गर्ने भएको हो ।
कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गरिएको कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।
शनिबार दिउँसो १ बजेदेखि ५ बजेसम्म चियापान कार्यक्रम आयोजना गरिएको विश्वकर्माले बताए ।
चियापान समारोहमा विभिन्न राजनीति दलका नेता, पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहने बताइएको छ ।
कांग्रेसले हरेक वर्ष कोजागत पूर्णिमाका दिन चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...