रिसिइबीका कारण हत्या अनुमान – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

रिसिइबीका कारण हत्या अनुमान

कुकुरसहितकाे टाेली घटनास्थलमा
मुगु । तीन छोराछोरीसहित आमाको शव फेला परेको विषयमा प्रहरीले अनुसन्धान नजिकबाट थालेको छ ।

शुक्रबार छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको घटना प्रहरीले नजिकबाट नियालेको हो ।

उनीहरूको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको घटनास्थलमा रहेका मुगुका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।

श्रीमान् दीपक वैदेशिक रोजगारीमा कतारमा रहेकाले उनी फर्कने तयारीमा छन् । हत्याको प्रकृति रिसिइबी जस्तै भएर मारिएको जस्तो छ ।

नभए बालबच्चालाई त्यसरी मार्नुपर्ने कारण कुनै देखिँदैन भनेर स्थानीयले भनेका छन् । विभत्स तरिकाले हत्या गरिएको देखिएको छ ।

टाउकोमा प्रहार भएको छ । रगत नै रगतले भरिएको छ । घटनास्थल सिल गरिएको छ भने प्रदेशबाट कुकुरसहित अनुसन्धानको टोली घटनास्थलमन छ ।

अनुसन्धानका लागि माथिल्लो निकायबाट अनुसन्धान टोली मुगुतर्फ गइसकेको अवस्था छ । जुम्लाबाट पनि अनुसन्धान टोली पठाइएको छ ।

अनुसन्धान विज्ञहरू, अनुसन्धान समूहहरू पठाइसकेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक १०, २२: २१

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० कार्तिक १०, २२: २१

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० कार्तिक १०, २२: २१

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...