बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै ठगी गर्ने एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
चितवन भरतपुर महानगरपालिका– १२ घर भई हाल नेपालगन्ज उपमहानगरपालिका– २० राँझा बस्दै आएका ३७ वर्षीय मोहन कोइरालालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आयोगको कर्मचारी भन्दै विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयबाट सुविधा लिँदै आएको पाइएपछि उनलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।
कोइरालाले विगतदेखि सरकारी कार्यालय तथा संघसंस्थालाई आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भनी सुविधा लिने गरेको सूचनाको आधारमा आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरी टोली खटाइ शुक्रबार पक्राउ गरेको डिएसपी डाँगीले बताए ।
सोधपुछ गर्दा कोइरालाले गालीगलौज गर्नुका साथै कामकारबाहीमा समेत अवरोध गरेको प्रहरीले जनाएको छ । कोइरालाबाट कोही ठगिएको भए वा कसैलाई भ्रममा पारी झुट्टा आश्वासन दिई लाभ लिएको भए जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन अनुरोध गरिएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...