काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शिक्षक, कर्मचारीको सत प्रतिशतसम्म भत्ता वृद्धि गर्ने निर्णय गरेकाे छ ।
गत १२ असारको त्रिभुवन विश्वविद्यालय सिनेटमा उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले यस्ताे निर्णय गरेका हुन ।
आर्थिक अवस्था कमजोर भएको भन्दै पदाधिकारी, शिक्षक, कर्मचारीको प्रोत्साहन, अतिरिक्त समयमा काम गरेको पारिश्रमिक १ साउनदेखि लागू हुने गरी कटौती गरेको थियो ।
उक्त निर्णय फिर्ताको माग गर्दै त्रिविका कर्मचारीले गरेकाे आन्दोलनका कारण ७ साउनमा कार्यकारी परिषद्ले पुनरावलोकन गरी सिफारिस गर्न उच्चस्तरीय समिति गठन गरेको थियो ।
त्रिवि कार्यकारी परिषद्ले सिनेटको निर्णय उल्टाउँदै त्रिवि आर्थिक व्यवस्थापन तथा खरिदसम्बन्धी नियम, पुनरावलोकन गर्ने निर्णय गरेको हाे ।
कार्यकारी परिषद्को निर्णय अनुसार प्रोत्साहन भत्ताका लागि स्रोतको व्यवस्थापन गर्ने सन्दर्भमा परीक्षार्थीको प्रति फारम ८५ का दरले हुन आउने रकम प्रोत्साहन भत्ता शीर्षकमा जम्मा गरिने र
उक्त रकम तोकिएको कार्य सम्पन्न भएपश्चात सम्बन्धित शाखा तथा कामको लागि छुट्याइने, परीक्षाको संवेदनशीलता, कार्य जटिलता, विश्वसनीयता तथा वैधता, कार्यवोझ,
कार्यसम्पन्नता समय, र चुस्त दुरुस्त सेवा प्रवाहका आधारमा परीक्षासँग सम्बन्धित कार्यमा संलग्न शिक्षकरकर्मचारीहरुलाई मूल्याङ्कनको आधारमा प्रोत्साहन भत्ता निर्धारण गरिने बताईएकाे छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...