एक महिनामै बन्द भयो द्रुत बस सेवा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

एक महिनामै बन्द भयो द्रुत बस सेवा

काठमाडौं । सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा बन्द भएको छ । संविधान दिवसको अवसर पारेर असोज ३ मा सरकारले संचालनमा ल्याएको बस सेवा उद्घाटन गरिएको महिना दिनमै ठप्प भएको हो ।

यस्तो बस सेवा नेपालमा आवश्यक भए पनि पर्याप्त तयारीबिना सुरु गर्दा निरन्तरता पाउन नसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव बताउँछन् । यता सरकार भने तिहारपछि बस सेवा सञ्चालन हुने दाबी गर्दछ ।

द्रुत बसको रुटका लागि सडकमा रङ लगाउन, ट्राफिक संकेत राख्न र सडकको सामान्य सुधारमा मात्र साढे दुई करोड रुपैयाँ खर्च भएको सडक विभागले जनाएको छ । तर सडकमा लगाइएको रङ महिना दिन नपुग्दै मेटिन थालेको छ । यता यस विषयमा मन्त्री भने बेखबर छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला द्रुत बस सेवा बन्द नभएको दाबी गर्दछन् । दसैं र तिहारको बीचमा कम यात्रु हुने र ट्राफिक जाम पनि कम हुने भएकाले अहिले यो सेवा बन्द भएको उनको बुझाइ छ ।

सरकारले रत्नपार्कबाट सूर्यविनायकसम्म १८.५ किलोमिटरमा अत्यधिक ट्राफिक जाम हुने समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म २५ बस सञ्चालनमा ल्याइएको थियो ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक १५, १०: ०८

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० कार्तिक १५, १०: ०८

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० कार्तिक १५, १०: ०८

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...