कात्तिक । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटी सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच भेटवार्ता भएको छ ।
दुई पक्षीय सम्बन्धका साथै नेपाल र अमेरिकाबीचको संसदको अनुभव आदानप्रदान बारे छलफल भएको छ ।
सिनेटर होलेनले गत सेप्टेम्बरमा नेपालको भ्रमण गरेका थिए । अमेरिकामा रहेका नेपालीलाई टेम्पोरेरी प्रोक्टेक्डेड स्टाटयस मार्फत स्थायी बसोबासका लागि बिल तयार पारेकाे मेरिल्यान्डबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर होलेन डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुन ।
सिनेटर होलेनसँगको भेटमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, उपनियोग प्रमुख कुमार खरेललगायत उपस्थित रहेकाे थियाे ।
मन्त्री साउद अमेरिकाको औपचारिक भ्रमणमा रहेका छन्।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...