काठमाडौं । कान्तिपुर प्रतिष्ठान शाखा अनिश्चितकालका लागि निलम्बनमा परेको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठकले कान्तिपुर प्रतिष्ठान शाखाले महासङ्घको विधान विपरीत क्रियाकलाप गरेकोले अनिश्चितकालका लागि निलम्बन गरेको हो ।
कान्तिपुर मिडियाको व्यवस्थापनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको महासचिव रोशन पुरीले बताए । कान्तिपुर प्रतिष्ठान शाखाले महासङ्घको विधान विपरीत क्रियाकलाप गरेपछि स्पष्टीकरण सोधिएको र शाखाले दिएको जवाफ चित्त बुझ्दो भएको उनको भनाइ छ ।
विधानको प्रतिकूल हुने खालको कुराहरू देखिसकेपछि थप आन्दोलनलाई अघि बढाउन शाखा निलम्बन गर्नुपर्ने आवश्यकता भउकोले तत्कालका लागि कान्तिपुर शाखालाई निलम्बित गरिएको पुरीको भनाइ छ ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...