काठमाडाैं । रुकुम पश्चिममा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घाइतेसँग भेट गरेका छन् ।
भूकम्प प्रभावित क्षेत्रकाे अनुगमनमा गएका प्रधानमन्त्री दाहालले जाजरकाेटपछि रुकुम पश्चिमका अस्पताल पुगेर घाइतेलाई भेटेका हुन ।
बिहान जाजरकोट पुगेका प्रधानमन्त्री दाहाल खलङ्गामा रहेको जिल्ला अस्पतालमा घाइतेलाई भेट गरेपछि रुकुम पश्चिमको चौरजहारी नगरपालिका मिसन अस्पतालमा पुगेका थिए ।
केही घाइतेलाई आफू चढेको हेलिकोप्टरमा उद्धार गरेर चौरजहारीसम्म पुर्याएका थिए । चौरजहारीबाट घाइतेलाई सुर्खेत अस्पताल लगिएको छ ।
प्रधानमन्त्री दाहालले घाइतेको उपचारमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रुकुमपश्चिम र जाजरकोटले ठूलो विपत्ति भोग्नुपरेको भन्दै नआत्तिनसमेत आग्रह गरे ।
सरकार भूकम्पपीडितको साथमा रहेको भन्दै उद्धारको काममा कुनै कसर बाँकी नराख्ने सरकारकाे तयारी रहेकाे बताए । भूकम्पपीडितलाई भेट्न
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा, स्वास्थ्यकर्मीको टोलीसहित प्रभावित ठाउँमा पुगेका थिए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...