भारत सरकारद्वारा सहयोग गरिएको भूकम्प राहत सामग्री हस्तान्तरण – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

भारत सरकारद्वारा सहयोग गरिएको भूकम्प राहत सामग्री हस्तान्तरण

काठमाडौं । कार्तिक १७ गते जाजरकोटमा गएको भूकम्पपछि भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी नेतृत्वको सरकारले १० करोड बराबरको आपतकालीन राहत सामग्री सहयोग गरेको छ ।

वायुसेनाको विशेष विमान सी–१३० बाट ११ टन आपतकालीन राहत सामग्री लिएर नेपाल आएको हो । राहत सामग्रीमा त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लीपिङ्ग ब्याग, पोर्टेबल भेन्टिलेटर जस्ता उपकरण र अत्यावश्यक औषधी रहेका छन् ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त सामग्री कर्णालीका मुख्यमन्त्री राज कुमार शर्मा र उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्कालाई हस्तान्तरण गरे ।

घनिष्ट मित्र र छिमेकी भएको नाताले भूकम्पबाट प्रभावित भएकालाई सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताए । २०७२ सालको भूकम्पमा पुनर्निर्माणका लागि भारतले नेपाललाई एक अर्ब डलर आर्थिक सहयोग गरेको थियो ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक १९, १९: ३८

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० कार्तिक १९, १९: ३८

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० कार्तिक १९, १९: ३८

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...