काठमाडौं । जाजरकोट भूकम्प प्रभावितहरुका लागि काठमाडौं महानगरपालिकाले २ हजार थान ब्ल्याङ्केट पठाएको छ । दुई हजार घर परिवारका लागि थप खाद्यान्न, औषधि तथा सफाइ सामग्री पनि पठाउने तयारी गरेको छ ।
सेनाको स्काइ ट्रकमार्फत ब्ल्याङ्केट पठाइएको हो । खाद्यान्न राहत सामग्री भने स्थल मार्गबाट पठाउने तयारी गरेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।
भूकम्प प्रभावित क्षेत्रमा प्रति परिवार ५ किलो चामल, २ किलो चिउरा, १ किलो दाल, १ किलो नुन र एक लिटर खाने तेल पठाइने विपद व्यवस्थापन विभाग प्रमुख गंगाधर गौतमले बताए । राहतसँगै प्राविधिक सहयोग आवश्यक परे काठमाडौँ महानगरपालिकाले उपलब्ध गराउने नगर प्रमुख बालेन शाहले बताए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...