भूकम्पको त्रासमा बालबालिका, समयमै उपचार थाल्न आग्रह – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

भूकम्पको त्रासमा बालबालिका, समयमै उपचार थाल्न आग्रह

जाजरकोट । भूकम्पमा मृत्यु भएकामध्ये झन्डै आधा संख्या बालबालिका छन् । कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १ सय ५३ मध्ये ७८ बालबालिका रहेको तथ्यांकले देखाएको छ । विपत्तिमा बालबालिकाको जोखिम स्तर प्रस्ट छ । जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना बालबालिकाको भूकम्पमा परी मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

यो तथ्यांकमा रुकुम पश्चिमको अवस्था अझ कारुणिक छ । भूकम्पमा परी ५२ जनाको मृत्यु भएकोमा २८ बालबालिका रहेका छन् । १० महिनाका दुई बालबालिकाले समेत ज्यान गुमाएका छन् । घाइते हुनेको संख्या पनि बालबालिकाको बढी छ । घाइते बालबालिकाको उचित उपचार मुख्य कुरा हो । घाइते बालबालिकालाई प्राथमिकतामा राखेर उपचारको काम गरिनुपर्दछ भनेर चिकित्सक बताउँछन् ।

२०७२ को भूकम्पमा घाइते भएका कतिपय बालबालिकाले भूकम्पको मानसिक असरले पढाइलाई निरन्तरता दिन नसक्ने भए । हजारौं विद्यार्थीको पढ्ने कापी कलममात्रै क्षति भएन, वर्षौैंसम्म विद्यालयसमेत पुनर्निर्माण हुन सकेन ।

२०८० को जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि पनि यस्तै समस्याको पुनरागमन हुँदैछ । धेरै बालबालिकाले अभिभावक गुमाएका छन् । कयौं बालबालिका घाइते छन् । घर भत्किएपछि कापीकलम हराएको छ । विद्यालय भत्किएर पढाइ रोकिएको छ। कतिपय मानसिक रूपमा विक्षिप्त भएका छन् ।

सबैभन्दा गम्भीर सबाल बालबालिकाको मनमस्तिष्कमा जरा गाडेर रहन सक्ने भय, त्रास र मानसिक विचलन हो । त्यसैले यसकारण भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनाको प्राथमिकताक्रममा बालबालिका र शिक्षालाई पहिलो प्राथमिकतामा राखिनुपर्छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक २१, ०७: ४५

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० कार्तिक २१, ०७: ४५

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० कार्तिक २१, ०७: ४५

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...