मन्त्रीका पीएसओको शंकास्पद मृत्यु भएपछि परिवार जाहेरीसहित प्रहरीमा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

मन्त्रीका पीएसओको शंकास्पद मृत्यु भएपछि परिवार जाहेरीसहित प्रहरीमा

काठमाडौं । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री युवराज दुलालका पीएसओ यमबहादुर सुवेदीको शंकास्पद मृत्यु देखिएको भन्दै मृतकका परिवारले उजुरी दिएका छन् ।

४२ वर्षीय असई सुवेदी मंगलबार हेटौंडा उपमहानगरपालिका–११ पुण्य क्षेत्र वनदेवी मन्दिर नजिकै जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको भन्दै उनको परिवारले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लिखित उजुरी दिएका हुन् ।

आफूले लगाएको पेटीमा झुण्डिएको देखिए पनि उनको शरीरको आधा भाग जमिनमा लत्रिएको र शरीरमा नीलडाम तथा कुटपिटका निशानी देखिएका छन् । हेटौंडा अस्पतालमा गरिएको पोष्टमार्टममा उनको घाँटीको हड्डी भाँचिएको र खुट्टा तथा जिउमा नीलडाम देखिएको पाइएको मृतकका आफन्त अनन्त बानियाँले बताए ।

घटना शंकास्पद भएको भन्दै मृतकका भाइ इन्द्र सुवेदीले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । ड्युटी सकेर उनी साँझ ६ बजेर ३७ मिनेटमा हेटौंडा–११ मा रहेको सहिद स्मारक गेटबाट क्रस गरेको सीसीटीभी फुटेजमा देखिएको छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक २२, ०७: ४३

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० कार्तिक २२, ०७: ४३

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० कार्तिक २२, ०७: ४३

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...