
जाजरकोट । भूकम्प पीडित सुतकेरी महिला राहत नपाउँदा झन् पीडित भएकी छन् ।
सदरमुकाम खलङ्गास्थित एक स्कुलको चौरमा बसेकी सुत्केरी विमला तिरुवा र गौरी विकले राहत नपाउदा थप पीडा भाेगेकी हुन् ।
२० वर्षीया विमला तिरुवाकाे साथमा चार दिनको बच्चा छ । हरेकबार खाना चार भन्ने नारा उनका लागि आकाशकाे फल सावित भएकाे छ ।
प्रोटिनयुक्त खानेकुरा र विशेष स्याहारसुसार चाहिने यही बेलामा मुखमा माडसमेत नपरेकाे दुखेसाे पाेखिन् । खुल्ला आकाशमुनी चौरमा टेन्ट हालेर बसेकी उनीले भाेगेकाे पीडा सुनाइन् ।
होटलमा गएर खाने पैसा छैन, पकाउनलाई चामल छैन भन्दै भक्कानिन पुगिन् । सुर्खेत प्रादेशिक अस्पतालमा उपचार गरेर फर्किएकी उनी जाजरकोटको कुशे गाउँपालिकास्थित घर जान सकिरहेकी छैनन् ।
विमलाकाे जस्तै हरिकला र गाैरीकाे पनि समस्या उस्तै छ । सदरमुकाम खलङ्गामा अलपत्र परेकी उनीहरू घर जान सकिरहेकी छैनन् ।
कुशेमा रहेको घर पनि भूकम्पले भत्काइदिएकाे छ । जाने बाटो पनि भत्किएको छ । हरिकलाले पनि राहत नपाएकाे गुनासाे सुनाईन् ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...