काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् कराँतेका दुई प्रशिक्षकलाई अदालत मोरङले कैद र जरिवानाको फैसला गरेको छ ।
सामूहिक बलात्कारमा दोषी ठहर भएका विराटनगर महानगरपालिका ४ का अमर सुवेदी र विराटनगर ३ का विनोद राउतलाई ८ वर्ष कैद र ३ लाख जरिवाना फैसला गरेको हो ।
न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले दुवै जनालाई दोषी ठहर गरेको थियो । बुधबार कैद सुनाएको मोरङ अदालतका सूचना अधिकारी ओमराज सुवेदीले बताए ।
जबरजस्ती करणीतर्फ जनही ७ वर्ष र सामूहिक करणीतर्फ थप १ वर्ष गरेर ८ वर्ष कैद सजायको फैसला भएको हो । जनही ३ लाख जरिवानासमेत भएको छ ।
न्यायाधीश दाहालकै इजलासले उनीहरूलाई गत बुधबार कसूदार ठहर गरेको थियो ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...