जाजरकोट । भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा अनुगमन गर्ने बहानामा नेताहरुले मस्ती गर्न थालेको गुनासो आउन थालेको छ । प्रभावित बस्तीमा पुगेर अनुगमन गर्ने राहत नपुगेको भए तत्काल ठाउँका ठाउँ राहत पुरयाउन ठिकै हो तर त्यहि बहानामा नेताहरुले मस्ती गरेको व्यापक गुनासो उठेको हो ।
घाइतेको उद्दार र पीडितसम्म राहत पुरयाउन नेपाली सेनाका सबै हेलिकोप्टरहरु यतिबेला परिचालित छन् । तर राहतका लागि सुर्खेत राखिएका हेलिकोप्टरहरु अनुगमनका नाममा नेताहरुले मस्ती गर्न थालेको पुष्टी सोमबारको अनुगमनलाई लिन सकिन्छ ।
प्रभावित क्षेत्रमा राहत पुरयाउनुको सट्टा उपप्रधान मन्त्रीसहित, जलस्रोत उर्जा तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जिसी, आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही र प्रदेश पार्टी सभापति ललितजंग शाहीले शयर गरेका छन् ।
पीडित बस्तिमा नपुगेर नेताहरुले हेलिकोप्टरबाट प्रभावित क्षेत्रको अनुगमन गरे । रिम्ना, बारेकोट, कुसे र आठविसकोटमा हेलिकोप्टर बस्ने स्थानमै स्थानीयसँग जानकारी लिए ।
नागरिकले हेलिकप्टरमा अनुगमन आवश्यक नरहेको बरु त्यसको सट्टा राहत दिनु पर्ने गुनासो गरे । हेलिकप्टर अनुगमनको सट्टा त्यसको भाडाले राहत सामग्री सम्बन्धित ठाउँका पीडितलाई दिए केही राहत हुन्थ्यो भनिरहेका छन् ।
सोमबार दिनभर नेपाली सेनाको हेलिकोप्टर नेताहरुलाई प्रभावित क्षेत्रमा घुमाउन व्यस्त रहेको थियो । सोहि विषयलाई लिएर भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले भीआईपीहरुको हेलिकोप्टर आतंक बन्द गर्न आग्रह गरेका छन् । संविधानले व्यवस्था गरेको स्थानीय विपद् व्यवस्थापन समितिको अधिकार नमिच्न पनि चेतावनी दिएका छन् ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...