बारा । सिम्रौनगढ नगरपालिकाबाट दुई थान पेस्तोल र १० राउण्ड गोलीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरिक्षक रविभूषण यादवको नेतृत्वमा खटिएको टोलीले सिम्रौनगढ नगरपालिका वडा नं. ११ भगवानपुरबाट पाँचै जनालाई अवैध हतियार र गोलीसहित पक्राउ गरेको हो ।
४० वर्षीय उपेन्द्र पटेलले घरको कोठामा अवैध रुपमा हतियार लुकाइएर राखेको सूचनाको आधारमा घर खानतलासी गरी उक्त हतियार बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
खानतलासी गर्दा एक थान रिभल्वर पेस्तोल र सो पेस्तोलमा लाग्ने ७ राउण्ड गोली, एक थान नलकटुवा पेस्तोल र सोमा लाग्ने एक थान गोली र के.एफ.१२ लेखिएको जंगी राउण्ड २ थान गोली समेत बरामद गरिएको डिएसपी न्यौपानेले बताए ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...