लागूऔषधसहित हंसपुरका एक युवा पक्राउ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

लागूऔषधसहित हंसपुरका एक युवा पक्राउ

धनुषा । प्रहरीले लागूऔषधसहित हंसपुर नगरपालिका ३ का २४ वर्षीय विशाल नारायण झालाई पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा जनकपुरले मुरली चोकमा प्रदेश २-०२-००३ प ५०२७ नम्बर मोटरसाइकलमा सवार झालाई चेकजाँच गर्दा उनको साथबाट लागूऔषध नाइट्रोभेट ट्याबलेट ९९ पिस बरामद गरेको छ ।

उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले बताए ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० कार्तिक २४, ०७: ५४

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० कार्तिक २४, ०७: ५४

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० कार्तिक २४, ०७: ५४

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...