काठमाडौं । भूकम्प पीडितका लागि तत्काल अस्थायी आवासको व्यवस्था गर्न संसदको राज्य व्यवस्था समितिले सरकारलाई निर्देशन दिएको छ ।
प्रभावित क्षेत्रमा स्थलगत अध्ययनमा गएको समितिले शनिबार सभामुख देवराज घिमिरेलाई बुझाएको प्रतिवेदनमा तिहारलगत्तै अस्थायी आवास निर्माण गरी तत्काल उपलब्ध गराउन भनिएको छ ।
भूकम्प प्रभावित क्षेत्रका घरहरुलाई पूर्ण रुपमा क्षतिग्रस्त र आंशिक भनेर छुट्याउने गरेको छ ।
राज्य व्यवस्था समितिले भने बस्न मिल्ने र नमिल्ने भनेर हेर्न सुझाव दिएको भन्दै समितिका सभापति खतिवडा भन्छन्, ‘ढुंगा, माटोको घर जतिखेर पनि जानसक्छ भन्ने हाम्रो निष्कर्ष रह्यो । त्यस्ता घरलाई छिटो भन्दा छिटो व्यवस्थापन गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेका छौं ।’
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...