काठमाडौ । कोशी प्रदेशमा सत्ता गठबन्धन दलहले मन्त्रालय भागबन्डा टुङ्ग्याएका छन् । आज दिउँसो बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागबन्डामा सहमति गरेको माओवादी केन्द्र कोशी संसदीय दलका नेता इन्द्र आङ्बोले बताए ।
काँग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय, माओवादी केन्द्रले ४ मन्त्रालय तथा जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले १ १ मन्त्रालय पाउने नेता आङ्बोले जानकारी दिए ।
कोशीमा अहिले काँग्रेसबाट शम्शेर राई, माओवादीबाट गणेश उप्रेती र एकीकृत समाजवादीबाट कमल जवेगु सरकारमा छन् ।
अब काँग्रेसबाट थप दुई जना, माओवादीबाट २ जना र जसपाबाट एक जना मन्त्री बन्नेछन् । तिहार लगत्तै मन्त्रिपरिषद् विस्तार हुने नेता आङ्बोले बताए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...