बर्दिया । राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जको संयुक्त गस्ती टोलीले तेलपानीबाट जरायोको करिब ५० किलो सुकुटी र दुई थान भरुवा बन्दुकसहित चार जना चोरी सिकारीलाई पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने बराह ताल गाउँपालिका १, तेलपानीबाट पक्राउ गरेको निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत बद्री विनोद दाहालले जानकारी दिए ।
पक्राउ पर्नेमा सुर्खेत बराह ताल गाउँपालिका १, तेलपानीका गमन वली, श्यामबहादुर वली, चन्द्र बहादुर वली र दिल बहादुर वली रहेका छन् ।
निकुञ्ज भित्र जरायो मारेर सुकुटी बनाएको भन्ने गोप्य सूचना पाए लगत्तै निकुञ्जका कर्मचारीसहित नेपाली सेनाको संयुक्त गस्ती टोलीले सर्च अपरेशन गर्दा उनीहरुलाई घरबाटै पक्राउ गरिएको सहायक प्रमुख संरक्षण अधिकृत दाहालले बताए ।
पक्राउ परेकाहरूको साथबाट भरुवा बन्दुक २ थान, गोली, बारुद, जाल लगायतका बन्दोबस्तीका सामाग्री बरामद गरिएको छ ।
एक वर्ष कैद, एक लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान रहेको निकुञ्ज प्रशासनले जनाएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...