काठमाडौं । आइसल्याण्डमा ज्वालामुखी विष्फोटको सम्भावना बढ्दै गएपछिको हजारौं मानिसहरूलाई स्थानान्तरण गरिएको छ ।
करिब चार हजार मानिसको बसोबास रहेको ग्रिन्डाभिक शहरका सबै सडक आकस्मिक बाहेकका लागि सरकारले बन्द गरिदिएको छ ।
आइसल्याण्डमा शृङ्खलाबद्ध भूकम्पपछि अहिले आपतकाल घोषणा गरिएको छ । रेक्जेनेस प्रायद्वीपमा विस्फोटको सम्भावना बढेको छ ।
विष्फोट आगामी केही दिनहरूमा कुनै पनि समयमा सुरु हुन सक्ने चेतावनी दिईएको आइसल्याण्डको मौसम विज्ञान कार्यालय आईएमओले जनाएको छ ।
ज्वालामुखी नजिकै हालैका वर्षहरूमा रेक्जेनेस प्रायद्वीपमा २०२१ मार्च, २०२२ अगस्त र २०२३ जुलाईमा तीनवटा विष्फोटहरू भएका छन् ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...