टिकटकमाथि प्रतिबन्ध गर्ने देशको सङ्ख्या २७ पुग्यो – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

टिकटकमाथि प्रतिबन्ध गर्ने देशको सङ्ख्या २७ पुग्यो

काठमाडौं । सामाजिक सञ्जालमा विकृति बढेसँगै यसमा प्रतिबन्ध लगाउने देशको सङ्ख्या २७ पुगेको छ । किर्गिस्तानले अगस्त ३० मा बालबालिकाको कुलत र मानसिक स्वास्थ्य बिग्रेको कारण देखाउँदै प्रतिबन्ध लगाएको थियो ।

अश्लीलता, मानव बेचबिखन, गलत सूचना अफवाह प्रवाह, राष्ट्रिय सुरक्षा, युवाहरूको मानसिक स्वास्थ्यलगायतमा असर पर्ने भएपछि टिकटकमाथि विभिन्न देशले प्रतिबन्ध लगाउदै आएका छन् ।

बेलायतले सुरक्षाको कारण देखाउदै सन् २०२३ मा प्र तिबन्ध लगाएको थियो । अमेरिकाले पनि सुरक्षाका कारण प्रतिबन्ध २०२२ मा गरेको थियो । न्यूजिल्यान्डले सन् २०२३ मा गरेको हो । क्यानडाले गोपनीयताको जोखिम सन् २०२३ मा लगाएको हो ।

ताइवानले सुरक्षा जोखिम देखाउँदै सन् २०२२ मा प्रतिबन्ध लगाएको थियो । बेल्जियमले सूचना प्रवाह हुने जोखिम देखाउँदै सन् २०२३ मा टिकटकमाथि प्रतिबन्ध लगायो ।

डेनमार्कले सन् २०२३ मा, पाकिस्तानले जातीय द्वन्द फैलाउने जोखिम देखाउँदै सन् २०२० मा प्रतिबन्ध लगाएको थियो । अफगानिस्तानले सन् २०२२ मा, भारतले सन् २०२० मा,

सन् २०२३ मा सोमालियाले, अर्मेनियाले सन् २०२० मा, अजरवैजानले सन् २०२० मा, बङ्गलादेशले सन् २०१८, इन्डोनेसियाले सन् २०१८, इरानले सन् २०२३ मा, जोर्डनले सन् २०२२ मा, अष्ट्रियाले सन् २०२२,

इस्टोनियाले सन् २०२३ मा, आयरल्यान्डले सन् २०२३ मा, लाटभियाले सन् २०२३ मा, माल्टाले सन् २०२३ मा, नेदरल्यान्डले सन् २०२२ मा, नर्वेले सन् २०२३ मा, अष्ट्रेलियाले सन् २०२३ मा प्रतिबन्ध लगाएको थियो ।

आज नेपाल सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसंगै देशको संख्या २७ पुगेको छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक २७, २०: ४९

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० कार्तिक २७, २०: ४९

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० कार्तिक २७, २०: ४९

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...