प्रहरीकाे ड्रोनबाट अब उपत्यकाकाे निगरानी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

प्रहरीकाे ड्रोनबाट अब उपत्यकाकाे निगरानी

काठमाडौं । तिहारमा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले ड्रोनबाट सुरक्षा निगरानी थालेको छ ।

अत्यधिक भिडभाड हुने ठाउँमा ड्रोनबाट गतिविधि निगरानी गर्न थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले बताए ।

सुरक्षा योजना बनाएर तिहारको सुरक्षाका लागि प्रहरी परिचालन गरेको छ । लुटपाट र चोरी हुनसक्ने ठाउँमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको एसएसपी खत्रीले बताए ।

उपत्यकामा रातभर देउसी र भैलो खेल्न दिने निर्णय भएसंगै। सुरक्षा समितिको निर्णय अनुसार सुरक्षा व्यवस्था मजबुत बनाएको प्रहरी बताएको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरमा ७ हजार ६ सय ३३ जना प्रहरी परिचालन गरिएको छ । पैदल गस्ती, मोबाइल गस्ती, मोटरसाइकलमार्फत क्यूआरटी, कन्ट्रोल रुम भेहिकल र पिकेटिङ परिचालन गरिएको छ ।

काठमाडौँ जिल्लामा मात्रै ९१ ठाउँमा पिकेट ड्युटी खटाइएको एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक २८, ०९: ४२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० कार्तिक २८, ०९: ४२

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० कार्तिक २८, ०९: ४२

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...