डोटी । ट्याक्टर मुनी चेपिएर एक बालकको मृत्यु भएको छ । आदर्श गाउँपालिका ५ लामिखालमा रोकेर राखेको ट्याक्टर बालबालिकाहरू खेल्ने क्रममा हुत्तिएर एक बालकको मृत्यु भएको हो ।
आदर्श गाउँपालिका ५ लामिखालका वर्ष १४ का प्रशान्त सिंहको मृत्यु भएको र मृतक बालकको सब पोस्टमार्टमको लागि जिल्ला अस्पताल डोटी ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तबले बताए ।
ट्याक्टर चालक प्रेम ठकुल्ला शौचालय गएको बेला घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ । अहिले चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...