काठमाडौं । सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकको पँहुचमा तत्काल रोक लगाउन निर्देशन दिएको छ ।
प्राधिकरणले विज्ञप्ति जारी गर्दै उक्त निर्देशनको पालना नगरे कारबाही गर्ने चेतावनी दिएको हो ।
आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशनको पालना नगर्दा दूरसञ्चार ऐन, २०५३ बमोजिम कारबाही हुने जनाएको छ ।
मन्त्रिपरिषद्को हिजोको बैठकले टिकटकका माध्यमबाट सामाजिक सद्भाव बिग्रने वातावरण बनेको भन्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो ।
केही सेवा प्रदायकले सरकारी निर्णयको अवज्ञा गरेको भन्दै तत्काल निर्देशन कार्यान्वयन गरी प्राधिकरणलाई जानकारी गराउनसमेत अनुरोध गरेको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...